बिहीबार, जेठ २, २०८२

कोभिडका कारण स्कुल बन्द गर्नु कति उचित ?

नेपालखोज २०७८ माघ ३ गते ८:१५

काठमाडाैं । संसारमा एक पटक फेरि कोरोना महामारीको प्रकोप छ । यद्यपि यसबीच विश्व बैंकका शिक्षा निर्देशक जेम सावेदराले कोभिडका कारण अब स्कुल- कलेज बन्द गरिरहनुको कुनै औचित्य नभएको कुरा बताएका छन् । उनका अनुसार महामारीको नयाँ लहर चले पनि स्कुलहरु बन्द नै गर्ने अन्तिम उपाय प्रयोग गर्नु उचित होइन ।

सावेदराको टिमले शिक्षा क्षेत्रमा कोभिडले पारेको प्रभावको अनुगमन गरिरहेको छ । सावेदरा भन्छन्, ‘स्कुलहरु खोल्दा कोरोना बढेको तथा स्कुलहरु सुरक्षित स्थान नभएको त्यस्तो कुनै ठोस प्रमाण वा उदाहरण उपलब्ध छैन ।’

उनको तर्क छ स्कुल खोल्न बालबालिकाहरुको खोप पर्खनुको कुनै अर्थ छैन । यसको कुनै वैज्ञानिक आधार देखिदैन । विश्व बैंकका शिक्षा निर्देशक सावेदराले भनेका छन् ‘स्कुल खोल्ने र कोरोना भाइरस फैलने कुराबीच कुनै सम्बन्ध छैन । यी दुई कुरालाई आपसमा जोडेर स्कुल बन्द राख्नुको कुनै औचित्य छैन । रेस्टुँरा, बार तथा शपिङ मलहरु खुला राख्नु र स्कुल चाँहि बन्द गर्नुको अर्थ देखिदैन, यो स्कुल बन्द गर्ने कुनै उचित कारण पनि होइन ।’ उनले भनेका छन्, ‘यदि स्कुल खोले पनि कोभिडका कारण बालबालिकाक‍ो स्वास्थ्य जोखिममा पर्ने सम्भावना कम छ बरु स्कुल बन्द गर्दा हुने हानि-नोक्सानी धेरै बढि छ ।

सन् २०२० देखि नै हामी अज्ञानताको सागरमा डुबिरहेका छाैं । हामीलाई अहिलेसम्म पनि के थाहा भइसकेको छैन भने कोरोना महामारीको सामना गर्ने सबैभन्दा राम्रो उपाय के हो ? संसारका सबै जसो देशले तत्कालको उपायका रुपमा स्कुल बन्द गर्नुलाई सजिलो मानेका छन् ।

यद्यपि अहिले दुई वर्ष बितिसकेको छ । २०२० र २०२१ को स्थिति हेर्दा स्कुल खोल्ने देशमा मात्र कोरोनाको लहर चलेको पाइएको छैन ।

प्रतिक्रिया