रहेनन् बिरजु महाराज !
नेपालखोज
२०७८ माघ ३ गते १४:४२

काठमाडौं । प्रसिद्ध कत्थक नर्तक पण्डित बिरजु महाराजको निधन भएको छ ।
८३ वर्षीय बिरजु महाराजले आज राति दिल्लीमा अन्तिम श्वास लिएका हुन् । उनको वास्तविक नाम बृजमोहन मिश्रा थियो । उनी ४ फेब्रुअरी १९३८ मा लखनऊमा जन्मिएका थिए ।
बिरजु महाराज शास्त्रीय गायक तथा संगीतकार पनि हुन् । उनले केही प्रसिद्ध फिल्मी गीतमा कोरियोग्राफी गर्नुका अतिरिक्त केही फिल्ममा संगीतसमेत दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया