शनिबार, जेठ ४, २०८२

घानामा विस्फाेट : १७ जनाकाे मुत्यु, सयौं भवन ध्वस्त

नेपालखोज २०७८ माघ ७ गते ८:३९

काठमाडाैं । पश्चिमी घानाको एउटा सहरमा शक्तिशाली विष्फोट हुँदा सयौं भवन ध्वस्त भएको र कैयौं व्यक्तिको मृत्यु भएको आशंका गरिएको छ । यो सहर सुन खानीका लागि प्रसिद्ध छ । एपिएटमा भएको विस्फोटमा १७ जनाको शव फेला परेको स्थानीय अधिकारीले बताएका छन् ।

प्रहरीले बोगोसो र बावडी बीचमा ‘ठूलो विस्फोट’ भएको बताएको छ, जहाँ खानीका लागि विस्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएको थियो । स्थानीय मिडियाले साझा गरेका तस्बिरहरूमा ठूलो धुवाँ उठिरहेको, भवनहरू ध्वस्त भएको मानिसहरूले मद्दतको लागि चिच्याइरहेको देखाइएको छ ।

प्रहरीले मुत्यु भएका व्यक्तिको संख्या पुष्टि गरेको छैन, तर ग्राफिक भिडियोहरूमा मुत्यु भएकाहरूको शव देख्न सकिन्छ। सोही क्रममा विष्फोटबाट बनेको ठूलो खाल्डा सडकमा देख्न सकिन्छ । घानाका राष्ट्रपति नाना अकुफो–एड्डोले ’स्थिति नियन्त्रण’ गर्न सेना आपतकालीन सहयोगका लागि आएको बताएका छन् ।

उनले ट्वीट गर्दै यसलाई ’धेरै दुर्भाग्यपूर्ण र दुखद घटना’ भनेका छन् । उक्त क्षेत्रमा उद्धार कार्य जारी छ र मानिसहरूलाई क्षेत्रबाट बाहिर निस्कन भनिएको छ ।

प्रहरीले नजिकैका सहरका प्रशासनलाई ’पीडितहरूका लागि आफ्नो कक्षाकोठा, गिर्जाघर आदि खोल्न आग्रह गरेको छ ताकि उनीहरू त्यहाँ बस्न सकून् ।’ प्रहरी भन्छन्, ‘स्थितिलाई सम्हाल्नका लागि हामी जनतालाई संयमता अपनाउन निरन्तर आग्रह गरिरहेका छौँ । बीबीसी

प्रतिक्रिया