सुनचाँदीकै मूल्यमा सामान्य गिरावट, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ माघ ९ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रूपैयाँले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुन ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रूपैयाँले नै घटेकाे छ । आज तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजाबी सुन ९३ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेकाे छ । आज चाँदी १३ सय १५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे १३ सय २५ रुपैयाँ कारोबार भएको थियो ।

सम्बन्धित








प्रतिक्रिया