सुनचाँदीकै मूल्य स्थिर
नेपालखोज
२०७८ माघ १० गते १०:४८

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीकै भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुन ९३ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेकाे छ । आज तेजाबी सुन ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे पनि तेजाबी सुन ९३ हजार रुपैयाँमा नै काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । आज चाँदी १३ सय १५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी हिजाे पनि १३ सय १५ रुपैयाँ कारोबार भएको थियो ।

सम्बन्धित








प्रतिक्रिया