शनिबार, जेठ ४, २०८२

सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन खबर’

नेपालखोज २०७८ माघ १० गते १७:१२

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन खबर’ नामक जर्नलको एक कार्यक्रमबीच विमोचन गरेको छ ।

कम्पनीले कात्तक २ वर्षे यात्रा सम्पन्न गरेसँगै, सो अवधिसम्मका यादगार पलहरूलाई सधँैका लागि साँच्न सकियोस् भनेर ‘सिटिजन खबर’ जर्नल प्रकाशन गरेको विज्ञप्तिमार्फत जनाएको छ । बिमाको सचेतना तथा सु–समाचारसहित कम्पनीका विगतका सम्झनाका साथै यस जर्नलमा कम्पनीका व्यवसायिक उपलब्धिहरू, प्रगति विवरण, विभिन्न क्रियाकलापका साथै सिटिजन लिडर्सहरूको लेख समावेश गरिएको छ ।

सिटिजन खबरको विमोचन यस कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डे, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख सञ्चालन अधिकृत तथा रणनीति प्रमुख दशरथमणि खड्का, नायब महाप्रबन्धक दीपबहादुर बीसीका साथै प्रमुख बजार व्यवस्थापन अधिकृत भूषण रिमालले संयुक्त रूपमा गरेका थिए ।

प्रतिक्रिया