शनिबार, वैशाख २२, २०८१

महालक्ष्मी विकास बैंकले गर्‍यो वृक्षरोपण

नेपालखोज २०७८ माघ ११ गते १८:०३

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिकरुपमा समाजलाई योगदान पुर्‍याउने उद्देश्यका साथ “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” सञ्चालन गर्दै आइरहेको छ ।

सोही कार्यलाई निरन्तरता दिँदै बैंककोे तिनचुली शाखाले एक विशेष कार्यक्रमकाबिच स्पोट स्पेशल क्लवको आयोजनामा काठमाडौं महानगरपालिका वडा नं. ६ तिनचुली आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं उपत्यकाको खाली ठाउँहरुमा वृक्षारोपणका साथै वोटबिरुवाको संरक्षण गर्नाले प्राकृतिक संन्तुलन तथा शहरी सुन्दरता पनि बढ्ने बताउदै महालक्ष्मी विकास बैंकले प्रकृति संरक्षणका कार्यहरु गरिरहेकोमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापाले धन्यवाद ज्ञापन गरे ।

सोही कार्यक्रममा बोल्दै तिनचुली शाखाका शाखा प्रवन्धक शेखर श्रेष्ठले वृक्षारोपण कार्यक्रम सफल पार्न स्थानिय निकायले गरेको सहयोगको सराहना गर्दै आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु बैंकले अझै प्रभावकारी रुपमा संचालन गर्ने कुराको जानकारी गराए ।

बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, वाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरुमार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ ।

बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभी चिप बेस ट्राभल कार्ड, ई-कर्मश कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा चिप बेस ट्राभल कार्ड, ई-कर्मश कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक महालक्ष्मी विकास बैंक रहेको दाबी पनि बैंकले गरेको छ ।

प्रतिक्रिया