सहारा एपका ग्राहक तथा राइडरलाई स्वास्थ्य उपचारमा विशेष छुट

काठमाडौं । अब सहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन् । विजनेस ग्रोथ कम्पनी प्रालिद्वारा सञ्चालित सहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउनेछन् । अस्पतालले प्रदान गर्ने सेवाको प्रकारअनुसार छुट पाउनेछन् ।
सहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण बिडारीले मंगलबार छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । पछिल्लो समय लोकप्रिय रहेको सहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । सम्झौताले स्वास्थ्य उपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।
अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण बिडारीले सहारा एपसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने स्पष्ट पारे । आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउनेछन् । कम्पनीका अनुसार सहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउनेछन् ।
शून्य कमिसनमा सेवा दिइरहेको सहारा एपले ग्राहक तथा राइडरको पहिलो रोजाइमा पर्ने गरेको छ । यसअघि कम्पनिले अजोड इन्स्योरेन्ससँग इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ । ग्राहक तथा राइडरले ६ लाखसम्मको इन्स्योरेन्स सुविधा पाउने कम्पनिका सीईओ विशाल जीसीले जानकारी दिए ।
प्रतिक्रिया