सिनामंगलमा सिद्धार्थको नयाँ एक्स्टेन्सन काउन्टर

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंस्थित सिनामंगलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्याउने उद्देश्यका साथ बुधबार एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा पनि बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटबाट सेवा प्रदान गरिरहेको छ ।
सजिलो बैंकिङ सेवा (शाखारहित बैंकिङ) एटीएम, पीओएस् मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटीएम कार्ड, ४५० भन्दा बढी व्यावसायिक केन्द्रबाट विशेष छुट प्राप्त गर्न सकिने गरी जारी गरिएको यूएनओ क्रेडिट कार्डजस्ता सेवामार्फत बैंकले उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ । ग्राहकवर्गको हित मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन हरदम प्रतिबद्ध रहेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
प्रतिक्रिया