ल्याटिन एबीएस कम्पनीको ब्रान्ड एम्बेसडरमा भ्लगर राजकुमार नियुक्त
नेपालखोज
२०७८ माघ १३ गते १:००

काठमाडौं । काठमाडौं कपन तेन्जीङ्गचोक इथीत छोटो समयमै आफ्नो ग्राहकहरुलाई दुई पाङ्ग्रे सवारीको मर्मतको सेवा सुविधा दिँदै आएको ल्याटीन एबीएसको ब्रान्ड एम्बेसडरमा चर्चित युट्युब भलगर राजकुमार थापा मगर नियुक्त भएका छन् ।
मंगलबार राजधानीमा आयोजित कार्यव्रmममा ल्याटीन एबीएसका संस्थापक तथा प्रवन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको ल्याटीन एबीएसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अब थापाले विभिन्न सञ्चारमाध्यमबाट ल्याटीन एबीएसको प्रचार प्रसार गर्ने भएका छन् ।
पब्लिक फिगर बनेपछि कुनै पनि उत्पादन वा कम्पनीको विश्वसनियता र उद्देश्य थाहा पाउन जरुरी रहेको थापाले बताए ।
सम्बन्धित
प्रतिक्रिया