६ महिनामा ४२ अर्बको खाद्यान्न आयात

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ४२ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो ।
मुलुकमा यो वर्ष धान उत्पादन घट्दा ठूलो परिणाममा खाद्यान्न आयात भएको हो । ४२ अर्बको खाद्यान्न आयात हुँदा २७ अर्बको चामल आयात भएको विभागको तथ्यांक छ ।
त्यस्तै, ६ महिनामा मुलुकमा २२ अर्ब ५१ करोड रुपैयाँको तरकारी र १२ अर्ब आठ करोड रुपैयाँको फलफूल आयात गरेको छ । त्यसैगरी ७८ अर्ब रुपैयाँको घिउ, तेल र पशुपक्षीजन्य वस्तु आयात भएको छ ।
पाँच अर्ब रुपैयाँको चिया, कफी, चार अर्ब ९५ करोड रुपैयाँको चिनी, १५ अर्ब रुपैयाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ चाहिने कच्चा पदार्थ र झन्डै दुई अर्ब रुपैयाँको पेय पदार्थ आयात भएको विभागले जनाएको छ ।
त्यस्तै ४० अर्ब रुपैयाँको औषधि र कच्चा पदार्थ, १० अर्ब रुपैयाँको बीउबिजन, ३६ अर्ब रुपैयाँको प्लास्टिकलगायतका वस्तु आयात भएको छ ।








प्रतिक्रिया