खोपविरुद्धको स्वर !

काठमाडौं । कोरोनाविरुद्धको विश्वव्यापी अभियान जारी छ । यद्यपि यो अभियानकै विरुद्ध अर्को अभियान पनि चलिरहेको छ अर्थात खोप, माक्स आदिको बहिष्कार आन्दोलन । हो , आज हामी यही विषयमा कुरा गर्न गइरहेका छौं ।अहिले सामाजिक सन्जाल खोलेर हेरियो भने खोप र त्यसको समर्थनमा जति आवाज देखिन्छ त्यसको तुलनामा यसको आलोचना नगन्य छ । हामीले यही असहमतिको स्वरलाई आजको विषय बनाएका छौं ।
त्यसो त नेपालमा कोरोनालाई कृत्रिम रोग र षड्यन्त्र भन्नेहरु पनि छन् । यही भिडमा मुखर भएर लागेका छन विश्व बस्नेत । उनी कलाकार हुन् पहिलो रंगिन नेपाली चलचित्र सिन्दूरका नायक । यस अर्थमा उनको अलग र मौलिक पहिचान छ । यद्यपि हामी अहिले उनको सामाजिक सन्जाललाई नियाल्दै छौं जसमा कोरोना, खोप तथा माक्स आदिका सन्दर्भमा एउटा अलग धारणा देखिन्छ ।

बस्नेतको पछिल्लो पोस्टमा लेखिएको छ :
सन् २०२१ डिसेम्बर ६ तारिखका दिन अन्तर्राष्ट्रिय अदालत- इन्टरनेसनल क्रिमिनल कोर्टमा यी १६ जनामाथि मुद्दा दायर भएको छ । मुद्दा हाल्ने आँटिला वकिलबाहेक सातजना अन्य छन् । जसमध्ये एक हुन् फाइजर कम्पनीकै पूर्वभाइस प्रेसिडेन्ट तथा प्रमुख वैज्ञानिक माइकल यिडन् । मुद्दा बेलायती जनताका तर्फबाट हालिएको भनिएको छ । मुद्दा क्राइम्स एगेन्स्ट ह्युम्यानिटी, वार क्राइम्स र नुरेम्बर कोडको उल्लंघन गरेबापत छ । जुन रोम स्ट्याटुट्को धारा ६, ७, ८, १५, २१ र ५३ मा उल्लेख गरिएको छ ।
मानवताविरोधी ती १६ अपराधी को-को हुन् यो लिस्ट अध्ययन गरौं :
एन्थोनी फाउची, एनआईएआईडी प्रमुख
पिटर ड्यासज्याक, ईको हेल्थ एलाएन्स प्रमुख
बिल गेट्स
मेलिन्डा गेट्स
एलबर्ट बोर्ला, फाइजर सीईओ
स्टिफेन ब्यान्सेल, मडोर्ना सीईओ
पास्कल सोरियोट, एस्ट्राजेनेका सीईओ
एलेक्स गोरस्किर, जनसन् एन्ड जनसन् सीईओ
टेड्रस गेब्रियेसस्, डब्ल्यूएचओ प्रमुख
बोरिस जनसन्, बेलायती प्रधानमन्त्री
क्रिस्टोफर विटी, बेलायती चिफ मेडिकल एडभाइजर
म्याथ्यु ह्यान्कक्, बेलायती पूर्वसचिव, स्वास्थ्य तथा सोसियल केयर
मेडिसिन्स एन्ड हेल्थ केयर, करेन्ट यूके सेक्रेट्री अफ स्टेट् फर हेल्थ एन्ड सोसियल केयर
ज्युन रेन, यूके चिफ एक्सिक्युटिभ अफ मेडिसिन्स एन्ड हेल्थकेयर प्रडक्टस् डा. राजीव शाह, अध्यक्ष रक्फेलर फाउनडेसन क्लाउस स्वाब, अध्यक्ष वर्ल्ड इकोनोमिक फोरम ।
यी खोपहरु वास्तवमा खोप नभएर विश्व जनसंख्या घटाउने नियतले छाडेको जैविक हतियार हो भन्ने विशेषज्ञहरुको भनाइ छ । र यस्ता कार्यमा जो केही पनि सहभागी हुन्छ त्यो सजायको भागिदार हुन्छ ।
साभारः मर्कोला डटकम साइटबाट
यसैगरी बस्नेतका अन्य केही पोस्ट हेरौं :
१ .जसले टीभी र मूलधारका मिडियाहरु हेर्छ त्यसको दिमागमा कोभिड, भाइरस, अमिक्रोनको डर, त्रास, शंका आदिले भरिएको हुन्छ ।
२.”Doctors are lucky to get half a day education on v@c cines.” –Dr Heidi Larson, MA PhD
अमेरिकन डाक्टर हेडी लार्सनका अनुसार डाक्टरहरुले भ्याक्सिनबारे मुस्किलले आधा दिनको शिक्षा पाउँछन् । अमेरिकामा त्यस्तो हालत छ भने यहाँका डाक्टरहरुको भ्याक्सिनसम्बन्धी ज्ञान कति छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ । अनि जनताले उनीहरुकै कुरा सुनेर विश्वास गर्छन, उपचार गराउँछन् र सुई ठोक्छन् ।
३. वास्तवमा स्कुलमा, यी महत्त्वपूर्ण कुराहरू केही पनि सिकाइँदैन । School, college पढेकाहरूले How to think मात्रै सिकेका भए अहिलेको यो झुटो महामारीबारे उहिले थाहा पाइसक्थे, जसरी हामीले थाहा पायौं । तर दिमाग लगाउनुभन्दा WHO र FDA हरूले भनेको आँखा चिम्लेर मानिदियो भइहाल्यो किन टाउको दुखाउनु । यहाँका सबै डाक्टर, शिक्षक, वकिल, मास्टर पत्रकारहरूको यही हाल छ ।
४.चेतावनी
सबैले बुझी राख :
आज सुई नघोचेकाहरूलाई बन्देज लगाउँदै छ, सुई घोचिसकेकाहरू हामीलाई के मतलब हामी त्यसमा पर्दैनौं भनेर ढुक्क हुँदै छौं । भोलि छ, ६ महिनामा घोच्छ त्यसको पनि तिमी विरोध गर्दैनौं । एक दिन यस्तो आउनेछ जसमा तिम्रो स्वतन्त्रता, गतिविधि, धन सम्पत्तिमा पूर्ण नियन्त्रण गरेर तिमीलाई ग्लोबलिस्ट एलिटहरूले कमारो बनाउनेछन् । अनि त्यति बेला सोच्ने छौं हामीले सुरुमै विरोध गरेको भए यो दिन देख्नुपर्ने थिएन । ए नेपाली भेडा हो, विदेशतिर यो षड्यन्त्रबारे बुझेर व्यापक विरोध भइरहेछ तिमीहरू कहिलेसम्म सुतेर बस्छौ ?
५.जसले अहिलेको एक एक स्थितिको विरोध गर्दैन उसले आफ्ना सन्तानका लागि कैदखानाको निर्माणमा जुटिरहेकोछ भन्ने सम्झे हुन्छ ।
६.यहाँ सबै भेडा छन् । न्यु वर्ल्ड अर्डरमार्फत आफ्नो स्वतन्त्रता नै गुम्न लागिरहेको छ । मानव जातिकै अन्त्य हुने छाँटकाँट देखिरहेको छ, यसबारे कसैलाई चिन्ता छैन, न त बुझ्न नै चाहन्छन् । जुन दिन पिँजडामा थुनेको चराझैं हुनेछौं त्यति बेला मात्र होस आउनेछ । त्यतिन्जेलसम्म गर तिम्रा लाजनीतीका कुरा, मस्त रहौं तिम्रा टिकटक् अनि झिना-मसिना काम कुराहरूमा । ऐले नै जागेनौ भने रूने दिनहरू आउँदै छ ।
७. ऐले मानिसहरू ओमिक्रनको नाम लिएर निकै चर्चा गरिरहेका छन् । तर ओमिक्रन लागेर मर्ने चान्स नगन्य छ । यस बारे चर्चा गरेर तिललाई पहाड नबनाउँ । डर देखाएर आतंक फैलाउनु षड्यन्त्रकारीहरूको दाउ हो त्यसमा नफसौं । अर्को कुरा ओमिक्रन संक्रमण भएर निको हुनु झनै राम्रो हो त्यसले न्याचरल इम्युनिटी पनि बढाउँछ अनि करोना निर्मूल हुनमा मद्दत पनि गर्छ । अर्कोतिर खोप हानेर करोना लाग्न, सर्न र मर्न केही पनि रोकिँदैन भ्रममा नपर्नू ।
८. जबरजस्ती खोप अन्तर्राष्ट्रिय कानुन र नुरम्बर कोडको उल्लंघन हो ।
९. डाक्टर रशिद बुटारका अनुसार कोरोना लागेर मर्नेभन्दा कार चलाउने व्यक्ति एक्सिडेन्टमा परेर मर्ने सम्भावना २७१४ गुणाले बढी हुन्छ । त्यति हुँदा कार चलाउनलाई प्रतिबन्ध लगाइएको छैन । अनि जाबो कोरोनालाई किन यत्रो भाउ दिएर सारा संसार बन्द र आतंकित ? दिमाग भएकाहरूले त बुझि सके, तर दिमागमा भुस भरिएकाहरूलाई जति प्रमाणहरू आँखा अगाडि राखिदिए पनि देख्दैनन् !!! यो जिनोसाइड हो, संसारको जनसंख्या घटाउने षड्यन्त्र । खोप आधुनिक हतिहार हो । यसलाई ऐले नरोके पृथ्वीका आधाभन्दा बढी जनसंख्या साफ हुने निश्चित ।
१०. खोप हानेका केटाकेटीहरुले विवाह गरेर बच्चा पाउने सपना नदेखे हुन्छ अनि तिनका आमा बाबुले हजुरबा हजुरआमा हुने । कारण खोपमा शुक्रकिट् र अण्डाशयलाई नष्ट गर्ने तत्त्व हुन्छ । यो विश्व जनसंख्या घटाउने षड्यन्त्र हो भन्ने थुप्रै प्रमाण आइसकेका छन् । त्यसकारण, अब विवाह गर्ने केटा केटीहरुले र तिनका आमा बाबुहरुले सन्तान पाउने रहर भए खोप हानेको छ कि छैन भनेर सोधेर मात्र विवाह गर्नु पर्ने बेला आएको छ । यो कुरा बुझिराखौं । तर अलिक दिनमा त्यस्ता नेपाली कतिजना भेटिएला भन्ने पनि चिन्ताको विषय बन्नेछ ।
ऐलेसम्म खोपको षड्यन्त्रलाई नबुझ्नेहरु पढेलेखेकै भए पनि महामूर्ख हुन् । र त्यस्ता महामूर्ख यहाँ धेरै छन् : बुझ्नै नचाहने, सुन्नै नचाहने, आफै अध्ययन अनुसन्धान नगर्ने, बीबीसी, सीएनएनलगायत मूलधारका मिडियाहरुको मात्र भर गर्ने, डब्ल्युएचओ, सीडीसी, एफडीएले भनेको पत्याउने, विल गेट्स, फाउचीहरुलाई एक्सपर्ट सम्झिने, अनि अल्टरनेटिभ मिडिया र वर्ल्डका टप वैज्ञानिक र डाक्टरहरुको लेख, भिडियोहरुचाहिँ नहेर्ने । यस्ताहरुलाई खै के भन्नु ?
११. बेलायती अध्ययनअनुसार खोपका कारण हुने मुटुको समस्या थप खोप तथा बुस्टर डोज हान्नाले झन्-झन् बढाउँदै लैजान्छ । अतः बुझौं एक डोज मात्र हानेकाले दोस्रो नहानौं, दोस्रो हानेकाले बुस्टर नहानौं । षड्यन्त्रकारीहरुले ६, ६ महिना, ३, ३ महिनामा बुस्टर डोज हान्नुपर्छ भन्छन् त्यो सब स्वीकार नगरौं । ईश्वरले प्रदान गरेको आफ्नो प्राकृतिक इम्युनिटीमा भर गरौं फर्मा कम्पनीमा होइन ।
१२.अत्यधिक खोप हानेका देशहरुको तत्थ्यांकले देखाइरहेको छ कि खोप नहानेकाहरुको तुलनामा खोप हानेका व्यक्तिहरुको २८६ प्रतिशत बढी मृत्यु भइरहेको छ । अतः खोपलाई बहिष्कार गर्दा आफ्नो जीवन सुरक्षित हुन्छ भन्ने कुरा बुझौं अनि यस कुराको जानकारी सर्वत्र फैलाऔं । बाल-बलिका र स्कुल-कलेज पढ्नेहरुलाई जाँचका नाममा अनिवार्य खोप ठोक्नेजस्ता अमानवीय कार्य बन्द गरौं । यो तेस्रो विश्वयुद्ध हो, जिनोसाईड अर्थात् नरसंहार गर्ने षड्यन्त्र हो । जनता जाग्न आवश्यक छ नत्र केही वर्षभित्रमा नेपालीको नामनिशान रहने छैन ।
राजनीती गर्नेहरुले यो कुरा कहिले बुझ्ने ? तिमीहरुको राजनीतिभन्दा यो कैयौं गुना महत्त्वपूर्ण कुरा हो । जनता नरहे कोमाथि गर्छौं तिमीहरुको राजनीति ?
१३. आजभोलि फेरि मोबाइल रिङटोनमार्फत मास्क लगाऊ, सामाजिक दूरी कायम गर, ह्यान्ड स्यानिटाइज गर आदि भनेर अवैज्ञानिक तथा अप्रमाणित सूचना दिएर आमजनताको जीवनसँग खेलबाड गरिरहेको छ । सम्बन्धित निकायले यसलाई तु बन्द गरोस् । न्युरेम्बर कोडअनुसार यसलाई वार क्राइम मानिन्छ । सावधान ।
नोट : बस्नेतको विचार र खोपसम्बन्धी दाबीहरुमा हाम्रो कुनै सहमति छैन ।
प्रतिक्रिया