शुक्रबार, पुष ११, २०८२

सुनचाँदीकै भाउ घट्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ माघ १७ गते १०:३९

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ४ सय रूपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुन ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ४ सय रुपैयाँले घटेकाे छ । आज तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९१ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै आज चाँदीको मूल्य पनि १० रूपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ४० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आइतबार १२ सय ५० रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया