शनिबार, जेठ ४, २०८२

सानिमा बैंक अब कावासोती, बर्दिबास र अत्तरियामा

नेपालखोज २०७८ माघ १७ गते २३:५५

काठमाडौं । सानिमा बैंक लिमिटेडले सोमबार कावासोती, बर्दिबास र अत्तरियामा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । कावासोती–८, नवलपुरस्थित कावासोती शाखाको उद्घाटन कावासोती नगरपालिकाका मेयर चन्द्र कुमारी पुनले गरेकी हुन् ।

त्यसैगरी बर्दिबास–१, महोत्तरीस्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरपालिकाका मेयर बिदुरकुमार कार्कीले र गोदावरी नगरपालिका–१, अत्तरियास्थित अत्तरिया शाखा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँद र उद्योग वाणिज्य संघका अध्यक्ष अशोकराज देवकोटाले संयुक्तरुपमा गरेका हुन् ।

समुद्घाटन् समारोहमा मेयर पुन, कार्की र साउँद र अध्यक्ष देवकोटाले सानिमा बैंकलाई आफ्नो क्षेत्रमा बैंक शाखा पुगेको र कोभिड -१९ को जोखिम न्यूनिकरण गर्न सुरक्षा सावधानीका उपायहरु अपनाएर व्यवस्थित गरेकोमा कृतज्ञता व्यक्त गरेका छन् ।

बैंकले पनि यी शाखाहरु संचालनमा आएसँगै सो क्षेत्रका बासिन्दाहरुलाई गुणस्तरीय बैंकिङ सेवामा सहज पहुँच हुने विश्वास लिएको छ । बैंकको देशका सातै प्रदेशमा एक सय २२ वटा शाखा कार्यालय र एक सय दुई वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया