सुनकाे भाउ सामान्य बढ्याे, चाँदीकाे स्थिर
नेपालखोज
२०७८ माघ १८ गते १०:४१

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला १ सय रूपैयाँले बढेर ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार छापावाल सुन ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँले बढेकाे छ । आज तेजाबी सुन ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार तेजाबी सुन ९१ हजार ३ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । आज चाँदी १२ सय ४० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी साेमबार १२ सय ४० रुपैयाँमा नै कारोबार भएको थियो ।

सम्बन्धित








प्रतिक्रिया