बुधबार, वैशाख १९, २०८१

उच्चस्तरीय बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली जेनेभा प्रस्थान

नेपालखोज २०७६ फागुन १० गते ८:३४

काठमडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा गएका छन् । यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ गएराति जेनेभा गएका हुन् ।

जेनेभा प्रस्थान गर्नुअघि मन्त्री ज्ञवालीले द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालको पूर्णप्रतिबद्धता दोर्होयाइने जानकारी दिए ।

यो वर्ष बालअधिकारसम्बन्धी सन्धि भएको २५औं वार्षिकोत्सवका सन्दर्भमा नेपालले बालअधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवद्र्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारीसमेत गराउने मन्त्री ज्ञवालीको भनाई छ ।

जेनभा रहँदा मन्त्री ज्ञवालीले राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तसँग भेटवार्ता गर्ने तथा विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने बताइएको छ ।

मन्त्री ज्ञवाली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल यही फागुन १६ गते स्वदेश फर्किने छ । प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु सहभागी छन् ।

प्रतिक्रिया