एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर
नेपालखोज
२०७८ माघ २० गते १४:०८

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण कार्यक्रम हुने भएको छ । लायन्स क्लव अफ काठमाडौं एभरेष्ट निम्सको सहकार्यमा अस्पतालले शुक्रबार कार्यक्रम गर्न लागेको हो ।
एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा कार्यक्रम सञ्चालन गर्न लागिएको बताइएको छ । एभरेष्ट अस्पतालमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यक्रम सञ्चालन हुने छ ।
शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. रामनारायण शाह, डा. निवेश पौडेल र डा.सरोज गौडेलले नि:शुल्क स्वास्थ्य परिक्षण गर्ने छन् । ल्यावमा ३० प्रतिशत, फार्मेसीमा १० प्रतिशत र अन्यमा ३० प्रतिशत छुट दिने समेत अस्पतालले जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया