शुक्रबार, जेठ ३, २०८२

सिरिया द्वन्द्व : योजनाबद्ध अमेरिकी कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए

नेपालखोज २०७८ माघ २१ गते ७:५२

काठमाडाैं । उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बताइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त कारबाहीका क्रममा सर्वसाधारणलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताएका छन् ।

गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई उनी लुकेको स्थानमा घेरा हालेका थिए । त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबार मध्यरातको उक्त छापामार शैलीको कारबाहीबारे जानकारी दिएका छन् । इब्राहिमको अन्त्यले ‘विश्वका लागि ठूलो आतङ्कवादी खतरा हटाएको’ बाइडनले बताएका छन् ।

अमेरिकी अधिकारीहरूले मारिएका आईएस नेताको नाम उल्लेख नगरी महिनौँको योजनामा भएको उक्त कारबाहीको नाटकीय विवरण दिएका छन् ।आईएसले हालसम्म उक्त घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन ।

टर्कीसँग सीमा जोडिएको इड्लिब प्रान्तको अत्मा सहरको बाहिरी इलाकास्थित एउटा तीन तले घरलाई लक्षित गरेर अमेरिकाले उक्त कारबाही गरेको बताइएको छ । बीबीसी

प्रतिक्रिया