मंगलबार, असार १०, २०८२

सुनचाँदीकै भाउ घट्याे

नेपालखोज २०७८ माघ २१ गते १०:४३

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले घटेर ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेकाे छ । आज तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन ९२ हजार २ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।

त्यसैगरी आज चाँदीको मूल्य ५ रूपैयाँले घटेकाे छ । आज चाँदी १२ सय ५० रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी बिहीबार १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया