सुनचाँदीकै मूल्य स्थिर, आजकाे भाउ कति ?
नेपालखोज
२०७८ माघ २३ गते १०:४१

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनचाँदीकै भाउ स्थिर रहेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन ९२ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि स्थिर रहेकाे छ । आज तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि तेजाबी सुन ९२ हजार रुपैयाँमा नै काराेबार भएकाे थियाे ।
त्यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ । आज चाँदी १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी शुक्रबार पनि १२ सय ५० रुपैयाँमा नै कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया