हट्याे भारतमा लगाइएको प्रतिबन्ध
नेपालखोज
२०७८ माघ २४ गते १३:०१

काठमाडौं । भारतले कोरोना रोकथामका लागि लगाइएका प्रतिबन्ध हटाएको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम भएसँगै भारतले प्रतिबन्धात्मक नियमहरु हटाउन थालेको हो ।
संक्रमण हुनेको संख्या र संक्रमण दर दुवै घटेकाले आजदेखि सबै सरकारी कार्यालय खुलाइएको छ । आजदेखि कर्मचारीहरु नियमित रुपमा कार्यालय जान थालेको भारतीय सञ्चारमाध्यमले जानकारी दिए । कार्यालयमा स्वास्थ्य मापदण्डको पालना गर्नु पर्नेछ ।
नयाँ दिल्लीमा बन्द भएका शैक्षिक संस्था पनि आजदेखि खुलाइएको छ । दिल्लीका स्कुल, कलेज, कार्यालय लगायतका क्षेत्र खुलेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया