सुन ताेलामा ५ सय रूपैयाँले बढ्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ माघ २५ गते १०:४५

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ५ सय रूपैयाँले बढेर ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार छापावाल सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रूपैयाँले बढेकाे छ । आज तेजाबी सुन ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार तेजाबी सुन ९२ हजार १ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी आज चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेकाे छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी साेमबार १२ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया