फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमामा ट्विनअटरको उडान परीक्षण सफल
नेपालखोज
२०७८ माघ २६ गते १५:२४

काठमाडौं । नेपाल वायुसेवा निगमले आज निगमको ट्विन अटर ‘९ एन एबीटी’ बिमानको उडान परीक्षण गरेको छ । निगमले काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सकुशल अवतरण गरी विमानको परीक्षण उडान सम्पन्न गरेकाे हाे ।
बिहान ९ः०५ बजे उडेकाे विमान १०ः०२ बजे इलाम पुगेकाे थियाे । उडान भर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशन रहेको बताइएको छ । परीक्षण उडानको प्रतिवेदन तयार भएपश्चात सुरक्षाका सम्पूर्ण सिफारिस अवलम्बन गरेर् नियमित उडान गर्ने निगमले जनाएकाे छ ।
सफल परीक्षण उडान सम्पन्न भएकोमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले व्यवस्थापनको तर्फबाट चालक दल तथा नेपाल नागरिक उडान प्राधिकरणका सम्पूर्ण प्राविधिक टोलीलाई धन्यवाद दिए ।
सम्बन्धित
प्रतिक्रिया