शमशेरगन्ज स्वास्थ्यचौकी र पशुपति भण्डारेश्वरलाई ज्योति विकासको सहयोग

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित हाम्रो विकास प्रवद्र्धन कोषमार्फत कोहलपुर नगरपालिका १५, बाँकेस्थित शमशेरगन्ज स्वास्थ्य चौकीको बर्थिङ सेन्टरलाई डेलिभरी बेडहरु र श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिमा रहेको किरियापुत्री भवनलाई ग्यास गिजरहरू हस्तान्तरण गरेको छ ।
शमशेरगन्ज स्वास्थ्य चौकी प्राङ्गणमा आयोजित एक कार्यक्रममा बैंकका कोहलपुर क्षेत्रीय प्रमुख कपिल न्यौपाने, कोहलपुर शाखा प्रबन्धक रेकमबहादुर केसीद्वारा कोहलपुर नगरपालिका १५ बाँकेका वडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष पतिराम थारुको उपस्थितिमा जनस्वास्थ्य निरीक्षक तथा स्वास्थ्य चौकी प्रमुख लिलाधर बुढाथोकीलाई डेलिभरी बेडहरु औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
यसका साथै बैंकले काठमाडौं स्थित पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको किरियापुत्री भवनलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेको छ । बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा, काठमाडौं क्षेत्रका क्षेत्रीय प्रमुख दिलिप राज बराल र बैंककी रातोपुल शाखा प्रबन्धक प्रज्ञा कँडेलले संयुक्त रुपमा पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिलाई ग्याँस गिजरहरू हस्तान्तरण गरेका हुन् ।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरि त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवद्र्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्ष रुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यहरु गर्दै आएको छ ।
बैंकले हाल एक सय नौ वटा शाखा कार्यालय, एउटा एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटिएम मार्फत सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
प्रतिक्रिया