शुक्रबार, जेठ ३, २०८२

रुसमा एकैदिन १ लाख ८३ हजार संक्रमित थपिए, ६६९ जनाको मृत्यु

नेपालखोज २०७८ माघ २७ गते ७:१६

मस्को । रुसमा कोरोना भाइरसबाट एकै दिनमा एक लाख ८३ हजारभन्दा बढी संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो चाैबीस घण्टामा एक लाख ८३ हजार १०३ जना नयाँ सङ्क्रमित भएका हुन् ।

अघिल्लो दिन भने एक लाख ६५ हजार ६४३ जना सङ्क्रमित भएका थिए । पछिल्लो एक दिनमा कोरोनाका कारण मृतकको संख्या ६६९ रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । नयाँ कुल संक्रमितमध्ये २० हजार १७८ जना मात्रै अस्पताल भर्ना भएका छन् ।

अन्यको अवस्था भने सामन्य नै रहेकाले घरमै रहेको जनाइएको छ । सोही अवधिमा ९७ हजार १६३ जना अस्पतालबाट फर्किएका छन् । नयाँ संक्रमितहरुको संख्याभन्दा संक्रमणमुक्त भएकाहरुको संख्या थोरै भएकाले सक्रिय संक्रमितहरुको संख्या पनि दिनप्रति दिन बढ्दै गइरहेको छ । रासस/एएनआई)

प्रतिक्रिया