भारतमा आत्महत्या !
नेपालखोज
२०७८ माघ २७ गते १३:१३

नयाँदिल्ली । भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरो (एनसीआरबी) ले आफ्नो प्रकाशन ‘एक्सिडेन्टल डेथ्स एन्ड सुसाइड इन इन्डिया’ मा आत्महत्याका कारण हुने मृत्युको जानकारी संकलित तथा प्रकाशित गर्छ ।
हालै प्रकाशित यो रिपोर्टमा वर्ष २०२० सम्मको तथ्यांक उपलब्ध छ । यसको जानकारी भारतका गृह राज्यमन्त्री नित्यानन्द रायले भारतीय राज्यसभालाई उपलब्ध गराएका छन् ।
रायले राज्यसभालाई बताएअनुसार २०१८ देखि २०२० को बीच २५ हजारभन्दा बढी भारतीयले बेरोजगारी तथा ऋणका कारण आत्महत्या गरे । उक्त अवधिमा बेरोजगारीका कारण ९,१४० तथा दिवालियापन वा ऋणका कारण १६,०९१ मानिसले आत्महत्या गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया