११ दशमलव ९६ अंकले नेप्से घट्दा ३ अर्ब ८२ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेरै रोकिएको छ । अघिल्लो दिन २२ दशमलव ६ अंकले घटेको नेप्से आज पनि ११ दशमलव ९६ अंकले घटेर २८ सय एक दशमलव ५६ अंकमा पुगेको छ ।
सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव सात अंकले घटेर पाँच सय २७ दशमलव २८ अंकमा पुगेको छ । दुई सय २७ कम्पनीको ४९ हजार पाँच पटकको कारोबारमा ६९ लाख ५० हजार आठ सय ३८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कुल कारोबार रकम तीन अर्ब ८२ करोड ९५ लाख ३३ हजार तीन सय ५० रुपैयाँ पुगेको छ ।
१३ समूहको कारोबार हुँदा तीन समूहको सूचक बढेर बाँकी समूहको सूचक घटेका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक १० दशमलव ७९ अंकले घटेर १७ सय ८२ दशमलव ६० अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि २८ दशमलव ९१ अंकले घटेर ४८ सय ८४ दशमलव ७४ अंकमा झरेको छ ।
जलविद्युत् समूहको सूचक २७ दशमलव ७६ अंकले घटेर ३३ सय ८० दशमलव ४२ अंकमा झरेको छ । निर्जीवन बिमा समूहको सूचक पनि ८१ दशमलव सात अंकले घटेर १२ हजार नौ सय ४५ दशमलव ९५ अंकमा झरेको छ । यसैगरी जीवन बिमा समूहको सूचक १३ दशमलव ३७ अंकले घटेर १५ हजार चार सय ७५ दशमलव ९५ अंकमा झरेको छ । फाइनान्स, होटेल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र लगानी समूहहरूको सूचक पनि घटेका छन् । ट्रेडिङ अन्य र सामूहिक लगानी कोष समूहहरूको सूचक भने आज बढेका छन् ।
नेप्सेमा आज एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको मूल्य पाँच दशमलव ३३ प्रतिशतले बढेर चार सय ८९ रुपैयाँ ९० पैसामा प्रतिकित्ता सेयर कारोबार हुँदा मिथिला लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य भने चार प्रतिशतले घटेर १६ सय ५६ रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज नेपाल टेलिकमको प्रतिकित्ता १६ सय २४ रुपैयाँ ८० पैसा अन्तिम मूल्यमा २५ करोड ४८ लाख ३९ हजार पाँच सय ६४ रुपैयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।
प्रतिक्रिया