कामना सेवा विकास बैंकको ‘कामना सेवा कस्टुमर डे’
नेपालखोज
२०७८ माघ २८ गते १४:२८

काठमाडौं । कामना सेवा विकास बैंकले प्रदान गर्ने सेवा र सुविधालाई सरल एवं ग्राहकमैत्री बनाउन के.एस.बि.बि.एल केयर फेब्रअरी ९ ,२०१९ देखि सञ्चालनमा ल्याएको थियो । सोही दिनकाे अवसर पारेर बैंकले प्रथम ‘कामना सेवा कस्टुमर डे’ मार्फत ग्राहकलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद दिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकप्रति कृतज्ञता व्यक्त गरे । ग्राहककाे आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै निरन्तर सेवामा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया