शुक्रबार, जेठ ३, २०८२

के डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बन्न सक्छन् ?

नेपालखोज २०७८ माघ २९ गते १४:४७

वसिंटन डीसी । हालै टेक्सासमा सम्पन्न एक र्यालीमा अमेरिकाका पूर्वराष्ट्रपति ड‍ोनाल्ड ट्रम्पले फेरि आफ्नो पुरानै राग फिर अलाप्दै भने – उनले २०२० क‍ो चुनाव हारेका होइनन् बरु उनीबाट उनको जित खोसिएको हो । ट्रम्पले भने , ‘२०२० को चुनावमा धांधली भएको थियो र यस विषयमा सबै जानकार छन् ।’ यद्यपि ट्रम्पको दाविलाई अमेरिकी सुप्रीम कोर्टले समेत पुर्णरुपमा खारेज गरि चार राज्यको चुनावी नतीजा उल्टाउने मुद्दालाइ रद्दीको टोकरीमा हालिसकेक‍ो छ ।

ट्रम्पको यो शैली पुरानै र चिरपरिचित शैलि हो । राजनीतिक समाचार प्रसारण गर्ने वेबसाइट द हिलमा चुनाव प्रचार अभियान हेर्ने सम्पादक ब्राडेन कोनराडिस भन्छन् – २०१६ को चुनावमा पनि उनी यस्तै नाटक गर्थें । त्यति बेला पनि उनले चिडका सामु निराधार दावाहरु गरे र चुनाव जीते पनि ।

कोनराडिसका अनुसार, ‘ट्रम्प त्यही गरिरहेका छन जुन काम उनी सधैं जस‍ गर्दै आएका छन । अर्थात उनी आफ्नस कट्टर समर्थकहरुका अगाडि त्यही कुरा भन्छन् जे उनिहरु सुन्न चाहन्छन । यो उनका लागि अहिले पनि सफलतनको मुलमन्त्र हो ।’

डोनाल्ड ट्रम्पले अहिले नयाँ – नयाँ तीर पनि छोडन थालेका छन । जस्तो हालै उनले एक र्याली मा ६ जनवरी २०२१ मा अमेरिकी संसदमा हमला गर्नेहरुको समर्थक मा जोरदार भाषण दिए । ट्रम्पले भने , ‘यदि मैले फेरि चुनाव लडे र जीते भने ६ जनवरीको घटनामा अभियुक्त बनाइएका मानिसहरु न्यायपूर्ण व्यवहार गर्नेछु । यसक‍ अर्थ उनिहरुलाइ माफी दिनु पर्छ भने पनि हामी माफीसमेत दिनेछौं किनभने उनिहरु प्रति अन्याय भइरहेको छ ।’

६ जनवरी २०२१ मा अमेरिकामा जे भयो त्यसलाइ अमेरिकाको लोकतान्त्रिक इतिहासमा कालो दिन मानिन्छ । त्यो दिन सैकडौं मानिसको भिडले क्यापिटल हिल बिल्डिङमा जबरजस्ती पसेर तोडफोड मच्चाएको थियो । उनिहरु कांग्रेसको त्यो सत्र रोक्न चाहन्थे जसमा राष्ट्रपति चुनावमा जो बाइडेनको जीतलाइ औपचारिक स्विकृति प्रदान गर्न लागिएको थियो । उक्त घटनामा पाँच जनाको मृत्यु समेत भएको थियो । त्यो घटनामा ७०० जना बिरुद्ध आरोप तय गरिएको छ ।

जर्ज वशिङटन युनिभर्सिटीमा राजनीतिक प्रबन्धनका एसोसिएट प्रोफेसर माइकल कोर्नफील्ड भन्छन् , ‘जब-जब ट्रम्पले यस्ता भडकाऊ कुरा गर्छन् त्यतिबेला उनको उदेश्य मानिसहरुको ध्यान आफू तिर खिच्नु हने गरेको छ ।’

आफ्नै पार्टीमा विरोध
संसद भवनमा हमला गर्नेहरुलाइ माफी दिने ट्रम्पको बयान उनकै रिपब्लिकन पार्टीका नेताहरुलाइ पनि मन परेको छैन । कैंयन नेता – कार्यकर्ताहरुले त्यसको विरोध गरिसकेका छन । ट्रम्पका सहयोगी रहिसकेका लिन्जि ग्राहमले भनेका छन उनलाई बिस्वास छ कि ती मानिसहरु जेल जानेछन किनभने उनिहरु त्यसकै हकदार छन ।

न्यु हेम्पशायरका गभर्नर क्रिस सुनुनु पनि ति आरोपिहरुलाइ माफी दिनु हुँदैन भन्ने पक्षमा छन । के ति आरोपिहरुले माफी पाउनु पर्छ भन्ने प्रश्नमा सीएनएन लाई उनले भनेका छन्, ‘नि:सन्देह माफी दिनु हुँदैन । हे भगवान्, बिल्कुल माफी दिनु हुँदैन ।’

यता जानकारहरु भन्छन्- ट्रम्पका लागि यस्तो विरोधले केही अर्थ राख्दैन किनभने उनी यस्ता भडकाउ कुरा यी आलोचकहरुका लागि बोल्दैनन् । कोनराडिस भन्छन्, ‘ट्रम्पलाई यो आलोचनाको परवाह छैन । उनी आफ्ना खास समर्थकलाई खुसी तुल्याउन चाहन्छन् । जसले क्यापिटलमा आक्रमण गरेका थिए ति उनका कट्टर समर्थक हुन र जे सुकै बेहोर्नु परेपनि ट्रम्प तिनिहरुकै पक्षमा हुनेछन् ।’

७५ वर्षीय ट्रम्पले अहिलेसम्म तीन वर्षपछि अथवा २०२४ मा हुने राष्ट्रपति चुनावमा उम्मेद्‌वारी दिने-नदिने कुरा स्पष्ट पारिसकेका छैनन् । यद्यपि , यदि उनि चुनावि मैदानमा ओर्लिए भने उनले आफ्ना ति कट्टर समर्थकहरुलाइ पनि साथै लिएर हिडनु पर्नेछ । अहिले सम्म त उनले ‘यदि मैले चुनावमा उम्मेदवारी दिएँ र जितें’ सम्म मात्र भनेका छन्, तैपनि विश्लेषकहरु के भन्छन् भने उनको यही भनाइमा अनेकौं संकेत लुकेको छ ।

कोनराडिसका अनुसार, ‘भविष्यमा जे पनि हुन सक्छ तर अहिले जे भैरहेको छ त्यस बाट स्पष्ट बुझिन्छ कि ट्रम्प निश्चित रूपमा फेरि चुनाव लडन चाहन्छन र उनी त्यसकै लागि आधार तयार गरिरहेका छन् । उनी मानिसहरुले आफूलाई बिर्सिउन् भन्ने चाहँदैनन् । उनी सधैं चर्चामा रहन मन पराउने मानिस हुन ।’

कोर्नफील्ड भन्छन् , ‘ट्रम्प मानिसहरुलाइ मनोरन्जन गराउने व्यक्ति हुन जसलाइ कुनै समय एउटा अहम राजनीतिक पद प्राप्त भयो र त्यो उनका लागि एक अहम राजनीतिक भुतकाल पनि हो । यद्यपि जहाँ सम्म भविष्य को कुरा छ ती त अहिले सम्मका लागि हवाई कुरा मात्र हुन ।’

यदि ट्रम्पले चुनाव लडने फैसला गरे भने पनि उनका लागि स्थिति त्यति खराब देखिदैन । गएको जनवरीको अन्त्य तिर द हिल ले एक सर्वेक्षण प्रकाशित गरेको थियो । २०२४ को राष्ट्रपति चुनावका आठ सम्भावित उम्मेदवारमा केन्द्रीत उक्त सर्वेक्षणमा ट्रम्पले ५७ प्रतिशत मत प्राप्त गरेका थिए । यो सर्वेक्षणको दोस्रो नम्बरमा फ्लोरिडाका गभर्नर रोन डेसान्तिस थिए जसले केबल १२ प्रतिशत मत मात्र प्राप्त गर्न सके ।

यस बीच डोनाल्ड ट्रम्पले राम्रै धन पनि जुटाइसकेका छन । २०२१ को पछिल्लो छ महीनामा उनले ५.१ करोड डलर जम्मा गरेका थिए , त्यसपछि उनिसँग कुल चन्दा १२.२ करोड डलर पुग्यो । कोनराडिस भन्छन्, ‘यसमा बढिजसो पैसा आम अमेरिकीहरुले दिएका थिए । यसैबाट थाहा हुन्छ ट्रम्पको पक्षमा कति समर्थन छ ।’
कार्ला ब्लाइकरको रिपोर्टमा आधारित डीडब्ल्यूको फिचर ।

प्रतिक्रिया