आइतबार, जेठ ५, २०८२

प्रभु इन्स्योरेन्सले ६ महिनामा कमायो नौ करोड आठ लाख

नेपालखोज २०७८ माघ २९ गते १६:५६

काठमाडौं । प्रभुु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा नौ करोड आठ लाख ४० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा आठ करोड ४९ लाख ४९ हजार रुपैयाँ थियो ।

हाल चुक्ता पुँजी एक अर्ब १६ करोड १९ लाख दुई हजार रुपैयाँ रहेको कम्पनीको चालुु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा प्र्रतिसेयर आम्दानी १६ रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय आठ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया