मंगलबार, वैशाख १६, २०८२

राष्ट्र बैंकद्वारा पुनः आठ अर्ब रुपैयाँँको ट्रेजरी

नेपालखोज २०७८ फागुन १ गते १६:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः आठ अर्ब रुपैयाँको ट्रेजरी बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि (सोमबार) अपरान्ह ३ बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने फागुन ३ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी सहभागी हुन पाउने छ । बिक्री गरिने कुल ट्रेजरी ९१ दिने अवधिको दुई अर्ब एक सय ८२ दिने अवधिको ६ अर्ब रुपैयाँ रहेको छ ।

दुई अर्ब पुरानो नवीकरण अन्र्तगत रहेको छ, भने ६ अर्ब नयाँ रहेको छ । राष्ट्र बैंकका अनुसार ट्रेजरीको परिपक्का हुने अवधि २०७९ जेठ ३ गते र २०७९ साउन ३१ गते तोकिएको छ । माघ २४ गते पनि राष्ट्र बैकले १४ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया