प्रोग्रेसिभ फाइनान्सको नयाँ निक्षेप योजना

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले नयाँ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । मुद्दती र क्रमिक बचतलाई एकीकृत गरी आजदेखि योजना सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको नयाँ निक्षेप योजनाको नाम एकीकृत मुद्दती क्रमिक बचत योजना रहेको छ । योजना अनुसार ग्राहकले २५ हजार देखि १० लाख सम्मको मुद्दती खाता खोली मुद्दती निक्षेपबाट आर्जित ब्याज मासिक नियमितरुपमा क्रमिक बचत खातामा जम्मा हुँदै जानेछ । योजना अन्तर्गत खोलिएका खाताको समयावधि १ देखि १० वर्षसम्म हुनेछ ।
निक्षेप योजनाको ब्याज दर मुद्दती निक्षेपकै बराबर रहनेछ । खाता खोल्ने ग्राहकलाई दुर्घटना बीमा, निःशुल्क सेवा, मोबाइल बैंकिङ तथा कर्जाको सेवाशुल्कमा विशेष छूट हुनेछ । ग्राहकले दिर्घकालीन लगानीका रुपमा मुद्दती निक्षेपबाट आर्जित ब्याज क्रमिक बचत खातामा मासिक रुपमा जम्मा हुँदै जाने र ग्राहकले सम्पूर्ण साँवा ब्याजको रकम उच्च प्रतिफलसहित एकमुष्ठ प्राप्त गर्ने छन् ।
बचत योजनामा सहभागी हुने निक्षेपकर्ताले उच्च शिक्षा, घरजग्गा खरीद, वैवाहिक कार्यक्रम, धार्मिक कार्य, वैदेशिक भ्रमण लगायतका अवसरलाई अझ सहज एवं उल्लासमयरुपमा सम्पन्न गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईले जानकारी दिए ।
प्रतिक्रिया