आइतबार, जेठ ५, २०८२

सीइओ क्लब ग्लोबलका सदस्यले कतार एयरवेजमा यात्रा गर्दा १० प्रतिशत छुट पाउने

नेपालखोज २०७८ फागुन २ गते १७:०५

काठमाडौं । सीइओ क्लब ग्लोबलका सदस्यले कतार एयरवेजमार्फत यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका छन् ।
सीइओ क्लब ग्लोबल नेपाल च्याप्टर र कतार एयरवेजबीच आज सम्झौंता पत्रमा हस्ताक्षर भएसँगै सीइओ क्लब ग्लोबलका सदस्यले कतार एयरवेजमार्फत यात्रा गर्दा १० प्रतिशत छुट पाउने भएका हुन् ।

कतार एयरवेजले पनि सीइओ क्लब ग्लोबलका सदस्य रहेका नेपालका उत्कृष्ट यात्रीलाई सेवा दिन पाउने छ । सम्झौंता पत्रमा सीइओ क्लब नेपाल च्याप्टरका तर्फबाट डा.शम्भु पोखरेल र कतार एयरवेजका तर्फबाट सरिक बोगटीले हस्ताक्षर गरे । सम्झौतापत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा सीइओ क्लब ग्लोबल नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत डा.शम्भु पोखरेलले सम्झौता भएसँगै नेपाल भित्रका सदस्यले मात्रै गन्तव्यसम्म पुग्नका लागि सुविधा पाउने बताए ।

सीइओ क्लब ग्लोबल अमेरिकाको न्यूयोर्कमा मुख्य कार्यालय रहेको संस्था हो । संस्थाको १०० भन्दाबढी देशमा नेटवर्क रहेको जनाइएको छ । निजी क्षेत्रका नेतृत्वदायी संस्था, कूटनीतिक नियोगका प्रमुख, उच्च सरकारी ओहोदाका व्यक्ति सदस्य रहने क्लवमा विश्वभर १० हजार भन्दाबढी सदस्य रहेका छन् ।

प्रतिक्रिया