न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बिमाको पहुँच पु¥याउने उद्देश्यका साथ विभिन्न विशेषताहरू रहेका जीवन बिमा योजनाहरू ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बिमा योजना ल्याएको हो ।
प्रत्येक व्यक्तिले आफू रहँदा पनि र आफूपछि पनि आफ्नो परिवारको उज्ज्वल भविष्यको परिकल्पना गरेको हुन्छ । तर जीवन अनिश्चित छ,कुनै पनि समयमा घट्न सक्ने अकल्पनिय घटनाले पारिवारीक जीवनशैलीलाई नै परिवर्तन गर्छ।सबै व्यक्तिलाई आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बिमा योजना ल्याएको छ ।
न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो ।
विशेषताहरू :
नेपाल लाइफ आइइन्स्योर जीवन बिमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बिमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५वर्र्षसम्मको बिमा अवधि लिन सकिने आइइन्स्योर जीवन बिमामा बिमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बिमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बिमांक रकम एक लाख रुपैयाँ देखि अधिकतम एक करोड रुपैयाँसम्मको बिमा गर्न सकिने छ ।
रू.१,००,००० (एक लाख) देखि अधिकतमबिमांक रकमरू. १०,०००,००० (एक करोड) सम्मको बिमा गर्न सकिनेछ ।
उदाहरण :
३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको एक करोड रुपैयाँ बिमांक रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बिमा योजना लिइ मासिक बिमा शुल्क भुक्तानि तरिका छनोट गर्दा मासिक पाँच हजार दुई सय छ रुपैयाँ बिमा शुल्क मात्र लाग्ने छ । त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको एक करोड बिमांक रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बिमा योजना लिइ वार्षिक बिमा शुल्क भुक्तानि तरिका छनोट गर्दा वार्षिक ५८ हजार तीन सय १० रुपैयाँ बिमा शुल्क मात्र लाग्ने छ । ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको एक करोड बिमांक रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बिमा योजना लिइ एकमुष्ट बिमा शुल्क भुक्तानी गर्दा सात लाख ३२ हजार एक सय पाँच रुपैयाँ लाग्ने छ ।
यस योजनामा समावेश भएका सुविधाहरू :
बिमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बिमा शुल्क भुक्तानी तरिका छनौट गर्दा एक प्रतिसत छुट, अर्ध वार्षिकबिमा शुल्क भुक्तानी तरिका छनौट गर्दाछैन, त्रैमासिक बिमा शुल्क भुक्तानी तरिका छनौट गर्दा तीन प्रतिसत छुट थप र मासिक बिमा शुल्क भुक्तानी तरिका छनौट गदा छ प्रतिसत थप शुल्क लाग्नेछ । त्यसैगरी बिमांकको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । २५ लाख रुपैयाँसम्मको बिमांकमा छुटको व्यवस्था छैन भने २५ लाख भन्दा माथि बिमांकको बिमा शुल्कमा एक प्रतिसत छुटको व्यवस्था गरिएको छ ।
समर्पण तथा कर्जा सुविधा
वार्षिक तीन किस्ता बिमा शुल्क भुक्तानी गर्नुको साथै बिमा प्रारम्भ मिति बाट तीन वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ । तर यस जीवन बिमा योजनामा कर्जा सुविधा उपलब्ध छैन ।
दुर्घटना मृत्यु लाभ सुविधा : (ऐच्छिक)
१८ वर्षदेखिका बीमितले अतिरिक्त बिमा शुल्क तिरेर बिमांक रकम बराबर अधिकतम एक करोड रुपैयाँम्मको दुर्घटना मृत्यु लाभ ऐच्छिक सुविधा लिन सक्नेछन् ।
बिमांक रकम भुक्तानी पाउने अवस्था :
पूर्ण अवधि भुक्तानी
बिमालेख चालु रही बिमा अवधि भुक्तानी पश्चात सम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बिमाशुल्क बराबरको रकम(ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक) बीमितलाई फिर्ता दिइने छ ।
मृत्यु दाबी भुक्तानी
बिमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट(बिमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमाबीमीतले भुक्तानी गरेको बिमा शुल्क रकम मात्र फिर्ता दिइने छ ।
बिमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बिमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमा बिमांक रकम भुक्तानी दिइने छ । बिमालेख चालु भएको एक वर्ष पश्चातबिमा अवधि भित्र जुनसुकैकारणबाट(बिमालेख अन्तर्गत नपर्ने जोखिमहरू बाहेक) बीमितको मृत्यु भएमा बिमांक रकम भुक्तानी दिइने छ ।
यदि दुर्घटना मृत्यु लाभ सुविधा लिएको बिमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बिमालेखमा उल्लेख भएको बिमांक रकम तथा दुर्घटना मृत्यु लाभ सुविधाबापतकोे बिमांक रकम एकमुष्ट भुक्तानी दिइनेछ ।
प्रतिक्रिया