आइतबार, जेठ ५, २०८२

लक्ष्मी बैंकको ११औं एक्स्टेन्सन काउन्टर झुलनेटामा

नेपालखोज २०७८ फागुन ५ गते १५:०९

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सन्जाल विस्तार गर्ने क्रममा ११औं एक्स्टेन्सन काउन्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकास्थित झुलनेटामा स्थापना गरेको छ ।

यो नयाँ एक्स्टेन्सन काउन्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सन्जाल ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

यसको साथ बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरूको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रमा सक्रिय रूपमा सेवा विस्तार गर्दै आएको छ ।

यो एक्स्टेन्सन काउन्टरको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ वा मोबाइल बैंकिङ सेवा प्रदान गरी सहरी तथा अर्धसहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया