आइतबार, जेठ ५, २०८२

सिबिफिन र अर्थशास्त्र केन्द्रिय विभाग त्रिविबीच सम्झौता

नेपालखोज २०७८ फागुन ५ गते २३:५५

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालयबीच विभिन्न नीतिगत विषयमा सम्झौता भएको छ ।

सिबिफिनको कार्यालय, सुन्धारामा आयोजित हस्ताक्षर कार्यक्रममा सिबिफिनका तर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागको तर्फबाट विभागीय प्रमुख प्रा.डा शिवराज अधिकारीले ९ बुँदे समझादारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझादारी पत्रमा उल्लेख गरिएअनुसार अर्थशास्त्र केन्द्रीय विभागमा स्नात्तकोत्तर र एमफिल स्तरमा अध्ययनरत विद्यार्थीहरुमध्ये छनोट भएका विद्यार्थीहरुले बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन तथा अनुसन्धान गरी शोधपत्र तयार गर्दा लाग्ने केही खर्च व्यहोर्ने गरी “सिबिफिन फेलोसिप” प्रदान गरिने भएको छ । तर, उक्त फेलोसिप अन्तर्गतको रकम प्राप्त गर्न सम्बन्धित विद्यार्थीहरुले तयार गरेको शोधपत्र अर्थशास्त्र केन्दीय विभागमार्फत स्वीकृत भएको हुनुपर्ने जनाइएको छ ।

त्यसैगरी, नीति अध्ययन तथा अनुसन्धानका लागि सिबिफिनको तर्फबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महानिर्देशक, अर्थशास्त्र केन्द्रिय विभागको तर्फबाट विभागीय प्रमुख एवं एक जना विभागीय प्रतिनिधि, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको तर्फबाट एक÷एक जना उच्च पदस्थ अधिकारी रहने गरी एक उच्चस्तरीय संयन्त्र गठन गर्ने र उक्त संयन्त्रमार्फत नीति अध्ययन तथा अनुसन्धानको कार्य अगाडि बढाउने जनाइएको छ ।

प्रतिक्रिया