आइतबार, जेठ ५, २०८२

अजोड इन्स्योरेन्सको साधारणसभा हुँदै

नेपालखोज २०७८ फागुन ६ गते १०:१६

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारणसभा आज (शुक्रबार) हुँदैछ । साधारणसभा काठमाडौंको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर, डीइसीसी अमन हल तेस्रो तल्लामा हुँदैछ ।

कार्यक्रम बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने छ । साधारणसभामा आर्थिक वर्ष २०७७÷७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन प्रस्तुत हुनेछ ।

साधारणसभामा चालु आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव प्रस्तुत हुनेछ । यस्तै पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पेश गरिने भएको छ ।

प्रतिक्रिया