कलंकीमा मञ्जुश्री फाइनान्सको शाखा खुल्यो

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १४, कलंकीमा शाखाको कारोबार सुरु भएको छ ।
काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगन्ज, धरान, पोखरा, वीरगन्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचोक भरतपुर, टाँडी, पर्साबजार, इनरुवा, झुम्का बजार, विराटचोक, चाबहिल र गोंगबुमा २३ वटा शाखा रहेका थिए । अब थप एकसहित शाखा संख्या २४ रहनेछ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा एक अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी एवं ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रियस्तरको फाइनान्सले ११ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब दुई करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । फाइनान्सले विप्रेषण, मोबाइल बैकिङ र एटीएम सेवालगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिँदै आएको छ ।
प्रतिक्रिया