सिद्धार्थका ग्राहकलाई कलार्क्स रिसोर्टमा २० प्रतिसतसम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंक र वीरगन्जको गण्डकस्थित कलार्क्स रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंककातर्फबाट वीरगन्ज शाखाका शाखा प्रबन्धक बाबुराम न्यौपाने र कलार्क्स रिसोर्टका तर्फबाट महाप्रबन्धक राजेश रञ्जनले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहकहरुले कलार्क्स रिसोर्टमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ वा इन्टरनेट बैैंकिङ प्रयोग गरेबापत होटेलबसाई सेवाको भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट र रेस्टुरेन्ट, खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यो सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबार गर्न उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।
डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू सिद्धार्थ बैंकको वेबसाइटमा प्राप्त गर्न सकिने जानकारी पनि बैंकले दिएको छ ।
प्रतिक्रिया