अब कोका-कोला जेरो सुगरको स्वादमा

काठमाडौं । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फूर्तिदायक स्वादमा नयाँँ कोका–कोला जेरो सुगर बजारमा ल्याएको छ । आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जेरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध छ । अब नेपाली उपभोक्ताहरूले नो क्यालोरी र जेरो सुगर कोका–कोलाको स्वाद लिन सक्नेछन् ।
व्यापक बजार परिक्षण र इन–हाउस इनोभेसन मार्फत बजारमा ल्याइएको कोका–कोला जेरो सुगर अझै शानदार प्याकेजिङ्ग र उत्कृष्ट स्वादको साथमा आएको छ । नो सुगर पेय पदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसहरूका लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त रहेको छ । सन् २००५ मा विश्वव्यापी रुपमा लञ्च गरिएको यो कोका–कोला जेरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनको लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो । नेपालमा यो २०१६ नोभेम्बरमा पहिलो पल्ट लञ्च भएको थियो ।
लन्चको बारेमा बोल्दै कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी सदैव उपभोक्ताको चाहना र आवश्यकताअनुसारको उत्पादनहरू नै बजारमा ल्याउने प्रयास गर्छौं । यो नयाँँ स्वाद र नयाँँ प्याकेजिङ सहितको कोका–कोला जेरो सुगरलाई विश्वभरिकै उपभोक्ताहरूले मन पराउनुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुसी लागेको छ । नेपाली उपभोक्ताहरूले पनि यो नयाँँ कोका–कोला जेरो सुगरलाई मन पराइ दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ ।’
बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेलेले भने, ‘आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेय पदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताहरूको लागि यो कोका–कोला जेरो सुगर अत्यन्तै उपयुक्त छ । संसारभरी नै अत्यन्त रुचाइएको यो कोका–कोला जेरो सुगरलाई नेपाली उपभोक्ताहरू सामु ल्याउन पाउँदा हामी उत्साहित छौँ ।’ कम्पनीका अनुसार नयाँँ कोका–कोला जेरो सुगर ५०० मि.लि. र २५० मि.लि.मा नेपालभर उपलब्ध रहेको छ ।
प्रतिक्रिया