आइतबार, जेठ ५, २०८२

महालक्ष्मीको २०औं वार्षिक साधारणसभा १३ फागुनमा

नेपालखोज २०७८ फागुन ९ गते १८:१४

काठमाडौं । महालक्ष्मी विकास बैंंकको स्थगित हुन गएको २०औं वार्षिक साधारणसभा फागुन १३ गते हुने भएको छ । बैंकले विज्ञप्ति जारी गर्दै वार्षिक साधारणसभासम्बन्धी उक्त जानकारी दिएको हो ।

विज्ञप्तिमार्फत बैंकले भनेको छ, महालक्ष्मी विकास बैंकको २० औं वार्षिक साधारणसभा पुस २५ गते तोकिएकोमा गणपुरक संख्या नपुगी स्थगित भएको र पुन फागुन तीन गते तोकिएको सभा २०७८/१०/३ को अन्तरिम आदेश छलफलको टुङ्गो नलागेसम्म नगर्नु नगराउनु भनि उच्च अदालत पाटनवाट आदेश भई सभा स्थगित भएकोमा २०७८/१०/०३ मा अन्तरिम आदेश छलफल हुंदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुने अवस्थाको विद्यमानता नहुंदा अदालतवाट २०७८/०९/२३ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु परेन भनि उच्च अदालतवाट आदेश भएको हुंदा साधारण सभा गर्न सकिने अवस्था श्रृजना भएकोले बैंकको स्थगित २० औं वार्षिक साधारण सभा बैंककोे २०७८/११/०५ गते बसेको सञ्चालक समितिको पाँच सय १६ औ बैठकको निर्णयानुसार स्थगित हुन गएको २०औं वार्षिक साधारण सभा यही फागुन १३ गते शुक्रबार बिहान ११ः०० वजे नेपाल प्रज्ञा प्रतिष्ठन, कमलादी, काठमाडौमा हुनेछ ।

वार्षिक साधारण सभामा संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफा रकमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनार्थ एक दसमलव ०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने समेतका प्रस्तावहरु सभामा पेश गरिने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया