नेपाल बैंकका कर्मचारी र ग्राहकलाई बीएन्डबीमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र बीएन्डबी हस्पिटलबीच सम्झौता भएको छ । सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी र ग्राहकले बीएन्डबी हस्पिटलमा उपचार गर्दा विशेष छुट पाउनेछन् ।
यसअन्तर्गत नेपाल बैंकमा कार्यरत कर्मचारीलाई अस्पतालको विबिध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र नेपाल बैंकको डेविट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत भुक्तानी गर्ने ग्राहकलाई अस्पतालको विविध सेवाहरूमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको बैकले जानकारी दिएको छ ।
बीएन्डबी हस्पिटल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौतापत्रमा हस्पिटलका तर्फबाट प्रा.डा.अशोककुमार बांस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुुन् । कार्यक्रममा हस्पिटलका संचालक प्रा.डा. बास्कोटाले बीएन्डबी हस्पिटलले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको जानकारी गराउँदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरू एवं ग्राहकहरूलाई न्यूनतम शुल्कमा उच्चस्तरीय स्वास्थ्य सुविधा प्रदान गर्ने अवसर मिलेकामा आफू धेरै खुसी भएको धारणा व्यक्त गरे ।
त्यसैगरी नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल बीएन्डबी हस्पिटलसँग सहकार्य गर्न पाएकामा हस्पिटलप्रति आभार प्रकट गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारी एवं डिजिटल र कार्डमार्फत भुक्तानी गर्ने ग्राहकलाई स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने व्यवस्था गरेकामा हस्पिटलप्रति आभारसमेत व्यक्त गरे । साथै उनले यस बिशेष छुट सुविधाबाट नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरू र ग्राहकहरूले लाभान्वित हुने विश्वाससमेत व्यक्त गरे ।
कार्यक्रममा नेपाल बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, बीएन्डबी हस्पिटलका तर्फबाट डा. रिना श्रेष्ठ (वैद्य), डा.सरोज वैद्य, डा. विवेक बाँस्कोटा, चेतना बास्कोटा, प्रवीण बराल, विवेक श्रेष्ठलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया