आइतबार, जेठ ५, २०८२

लक्ष्मी बैंकको १४२औं शाखा भक्तपुरको कमलविनायकमा

नेपालखोज २०७८ फागुन १० गते १२:१३

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा सन्जाल विस्तार गर्ने क्रममा आफ्नो १४२औं शाखा भक्तपुरको कमलविनायकमा सञ्चालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरूको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरू माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको सुरुवात सँगै लक्ष्मी बैंकको शाखा सन्जाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटीएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ । यो शाखाको साथ बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सुविधाजनक बचत खाता योजना, मुद्धती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायत वित्तीय सेवाहरूको बढ्दो माग पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा आक्रामक रूपमा आफ्नो शाखा सेवा विस्तार गर्दै आएको छ । यो शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरूकै रोजाइको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ र मोबाइल फोनमार्फत सेवा प्रदान गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्रान्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरूप महत्त्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

प्रतिक्रिया