नेसनल लाइफ इन्स्योरेन्स ३५औं वर्षमा प्रवेश

काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ३५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै फागुन १० गते मंगलबारबाट ३४औं वर्ष पूरा गरी ३५औं वर्षमा प्रवेश गरेको जानकारी दिएको हो ।
कम्पनीले आफ्नो ३५औं वार्षिक उत्सव विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंमा विशेष रक्तदान कार्यक्रम संचालन गरिएको छ जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीको सहभागिता थियो । देशभरमा ३४ वटा वृद्ध आश्रममा खाना खुवाउने कार्यक्रम आयोजना समेत सम्पन्न गरिएको कम्पनीले जानकारी दिएको छ । यसैगरी कर्मचारीमाझ विभिन्न खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ का कारण औपचारिकरुपमा जमघट हुने गरी कुनै पनि कार्यक्रम गरिएन ।
नेपालको अग्रणी जीवन बीमा कम्पनीकोरुपमा स्थापित कम्पनीले विगतका वर्ष सरह चालु वर्षमा राम्रो ब्यवसायिक प्रगति गरेको छ । यहि आर्थिक वर्षको मुनाफाबाट कम्पनीले सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश दिने प्रस्ताव आगामी साधारण सभामा लगेको छ । कम्पनीको जीवन बीमा कोषमा ५० अर्बको हाराहरीमा रकम जम्मा भएको छ । कम्पनीको चुक्ता पूँजी तीन अर्ब ३९ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी चार अर्ब तीन करोड रुपैयाँ पुग्नेछ । कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ मा आफ्ना बीमितलाई उत्कृष्ट बोनस दर दिन सफल भएको छ । कम्पनीले यस आर्थिक वर्षका लागि बीमितलाई न्यूनतम प्रतिहजार ६४ रुपैयाँ देखि अधिकतम् प्रतिहजार ८५ रुपैयाँ सम्म दिएको जानकारी दिएको छ । कम्पनीले चालु वर्षमा शाखा कार्यालयमाअ ाफ्नो भवन निर्माण गर्ने प्रक्रृया समेत अघि बढाएको छ ।
कम्पनीको ३५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीप्रति विश्वासका साथ सहकार्य गर्ने सम्पूर्ण ग्राहक, कर्मचारी, अभिकर्ताहरु एवं शुभेच्छुकहरुप्रति हार्दिक आभार ब्यक्त गरेको छ । साथै नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगको लागि कृतज्ञता ब्यक्त गरेको छ ।
प्रतिक्रिया