कुमारी जब र फाउन्ड परियोजनबीच सम्झौता

काठमाडौं । अपांगता भएका व्यक्तिहरूका लागि औपचारिक रोजगारीको अवसर प्रदान गर्ने साझा उद्देश्य साथ कुमारी जब र फाउन्ड परियोजना (द लेप्रोसी मिसन नेपाल) बीच सम्झौता भएको छ ।
अपांगता भएका व्यक्तिहरूलाई रोजगार बनाउन सहयोग गर्दै समाजको लागि योगदान दिने मुख्य उद्ेश्यले प्रेरित भएर यो सम्झौतामा हस्ताक्षर गरिएको कुमारी जब र फाउन्ड परियोजनाले बताएका छन् ।्
्
सम्झौता पत्रको बारेमा कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘शारिरिक अपाङ्गता भएका व्यक्तिहरू मानसिक रुपमा उत्तिकै सक्षम हुन्छन् र उचित अवसर पाएको खण्डमा उनीहरूले पनि अन्य मानिसहरू सरह नै उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्न सक्दछन् । नेपाली परिप्रेक्ष्यमा शारिरिक अपाङ्गता भएका व्यक्तिहरूलाई औपचारिक रोजगारीको क्षेत्रमा अझै पनि अवसर दिन नखोजिएकोमा कुमारी जबले परिवर्तनको सन्देश दिन खोजेको छ । र, यसै सिलसिलामा फाउन्ड परियोजनासँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ ।’

उनले भने, ‘नेपालमा रोजगारीको क्षेत्रमा योगदान पुर्याउन भविष्यमा यस्ता थप कदम चाल्न कुमारी जब उत्सुक रहेको छ । यो सहमतिले अपांगता भएका व्यक्तिहरूलाई औपचारिक रोजगारीको अवसरहरू उपलब्ध गराएर नेपालको रोजगारी क्षेत्रलाई अझ बलियो बनाउने विश्वास गर्दछौँ ।’
यो सम्झौतापत्रमा कुमारी जबको तर्फबाट प्रबन्ध निर्देशक सन्देश भण्डारी र फाउन्ड परियोजनाका तर्फबाट परियोजना निर्देशक चिरञ्जीवी शर्माले हस्ताक्षर गरेका छन् ।
प्रतिक्रिया