आइतबार, जेठ ५, २०८२

सेञ्चुरीका थप दुई शाखा टेकु र पेप्सीकोलामा

नेपालखोज २०७८ फागुन १२ गते १५:०९

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई आफ्नो सेवा विस्तार गर्ने क्रममा आज (बिहीबार) देखि काठमाडौंको टेकु र पेप्सीकोलामा नयाँ दुई शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले टेकु शाखा र सञ्चालक रणबहादुर श्रेष्ठले पेप्सीकोला शाखाको उद्घाटन गरे । उदघाटन कार्यक्रममा बैंकका सञ्चालक मनबहादुर राई, सुनील न्यौपाने, प्रा.डा. गीता प्रधान, बैंक उच्च व्यवस्थापन समूह, स्थानीय बासिन्दाको उपस्थिति थियो । टेकु र पेप्सीकोलामा थप दुई शाखा सञ्चालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २५ पुगेको छ ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले यस अघि बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउन्टरहरू सञ्चालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १२८ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउन्टर २५ शाखारहित बैंकिङ र १०७ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया