शुक्रबार, जेठ ३, २०८२

‘गठबन्धन नटुटाउने प्रयासमा छौं’

नेपालखोज २०७८ फागुन १४ गते ११:१९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीको समस्या समाधान गर्न र वर्तमान सत्ता गठबन्धन पनि नटुटाउन उपाय खोजिरहेको बताएका छन् । काठमाडौंमा आज (शनिबार) आयोजित एक कार्यक्रममा उनले संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको लागि कसम खाएर बनेको गठबन्धन सजिलै नटुटाउन आफू लागि परेको बताएका छन् ।

एमसीसीको कारण वर्तमान सत्ता गठबन्धन टुट्ने र प्रतिगमनकारी शक्ति हाबी हुने स्थिति बनेकाले त्यसलाई रोक्न प्रयासरत रहेको प्रचण्डको भनाइ छ । उनले कुनै खालको प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भनेर आफू सचेत भएको जनाए ।

प्रतिक्रिया