युक्रेनका राष्ट्रपति,पूर्वराष्ट्रपति र जनताका हातमा हतियार, प्रतिकार गर्न मैदानमा (फोटोफिचर)


किभ । रुसले युक्रेनको राजधानी किभमा आक्रमण जारी राखेको छ । रुसी आक्रमणको प्रतिकार गर्न युक्रेनका वर्तमान र पूर्वराष्ट्रपति हातमा बन्दुक लिएर सडकमा उत्रिएका छन् । रुसले आक्रमण तीब्र बनाइरहेका बेला देशको रक्षाका लागि लड्नुपर्छ भन्ने सन्देश दिन उनीहरू सडकमा उत्रिएका हुन् । युक्रेनका वर्तमान राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले हातमा हतियार बोकेर सडकमा निस्किँदै सेनालाई हौसला दिईरहेका छन् ।

पूर्व युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले शनिबार बिहान हतियार लिएर सडकमा निस्किँदै कीभको सडकबाट युक्रेनीहरू आफ्नो देशको रक्षा गर्न तयार रहेको जनाएका छन् ।यस्तै वर्तमान राष्ट्रपति जेलेन्स्कीले रुससँग लड्नका लागि आफ्ना नागरिकलाई हतियार प्रस्ताव गरेका छन् ।

राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणबाट आफ्नो देशको रक्षा गर्न चाहने सबै नागरिकलाई सरकारले हतियार उपलब्ध गराउने जनाएका छन् ।

युक्रेनले राष्ट्रका लागि लड्न भन्दै २० हजार जनतालाई हातहातमा मेसिनगन दिएको छ । रुसको आक्रमणप्रति राष्ट्रपति जेलेन्स्कीको प्रतिक्रियाको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । जेलेन्स्किीले भनेका छन्, ‘जब तिमीले हामीमाथि आक्रमण गर्छौ, हामी तिम्रो सामना गर्नेछौं, पछाडि फर्कने छैनौं ।’













प्रतिक्रिया