शुक्रबार, जेठ ३, २०८२

इन्डोनेसियामा ६.१ रेक्टर स्केलको भूकम्प : ७ जनाको मृत्यु, ८५ घाइते

नेपालखोज २०७८ फागुन १४ गते १५:०२

इन्डोनेसिया । इन्डोनेसियाको पश्चिमी प्रान्तमा आएको भूकम्पमा परी ७ जनाको ज्यान गएको छ । सुमात्रा क्षेत्रमा शुक्रबार आएको सो भूकम्पमा परी अरु ८५ जना घाइते भएका छन्। भूकम्पले करिब दश हजार जति घरमा क्षति पनि पुर्याएको बताइएको छ ।

यहाँको भूकम्प मापनसम्बन्धी एजेन्सीले दिएको जानकारीनुसार यो भूकम्प ६.१ रेक्टर स्केलको रहेको छ । सो क्षेत्रमा पछि पनि पराकम्पनहरु आइरहेकाले नागरिकहरुलाई सुरक्षित भएर बस्न भनिएको छ ।

यहाँका करिब पाँच हजार जना नागरिकलाई घरबाट उद्धार गरेर आश्रयस्थलमा राखिएको छ । प्रारम्भिक रुपमा ३५ ओटा आश्रयस्थलहरु बनाएर राखिएको छ । क्षतिको पूर्ण विवरण आइपुगेको छैन्। प्रारम्भिकरुपमा गरिएको अनुमानमा अरु केही मानिसहरु घाइते भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया