बिहीबार, जेठ २, २०८२

भारतसँग युक्रेनको गुहार : राष्ट्रपति जेलेन्स्कीले भने – १ लाख आक्रमणकारीले हाम्रो भूमि घेरे

नेपालखोज २०७८ फागुन १४ गते २०:४६

काठमाडौं । युक्रेनले भारतसँग गुहार मागेको छ । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरेर सहयोग मागेका हुन्।

जेलेन्स्कीले आज ट्विट गर्दै उक्त कुराको जानकारी गराएका छन् । उनले ट्वीटमार्फत भनेका छन् – ‘अहिलेसम्म १ लाख आक्रमणकारी हाम्रो भूमिमा परिसकेका छन्, उनीहरूले अन्धाधुन्द गोली र बम प्रहार गरिरहेका छन। भारतले सुरक्षा परिषदमा राजनीतिक समर्थन गरेर आक्रमणकारीलाई रोकौं ।’

उनले आफ्नो देशमाथि रुसले गरेको हमलाको जानकारी दिँदै सक्दो सहयोगको अपेक्षा गरेको बताएका छन्। जवाफमा प्रधानमन्त्री मोदीले जारी द्वन्द्वका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले हिंसा तुरुन्त अन्त्य र वार्तामा आउन आह्वान गरेका छन् साथै शान्ति प्रयासहरूमा कुनै पनि तरिकाले योगदान गर्न भारत तयार रहेको बताएको भारतको विदेश मन्त्रालयले जनाएको छ ।

यसअघि पनि भारतीय प्रधानमन्त्री मोदीले युक्रेनमा रुसको हमलापछि बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोन संवाद गरेका थिए। मोदीले त्यसक्रममा पुटिनलाई युक्रेनमाथि भइरहेको हिंसा तुरुन्त रोक्न आग्रह गरेका थिए।

प्रतिक्रिया